|
|
|
गीत आफ्नै सम्झी आउने थिएँ, डाकेदेखि लिन तर उनले छाडी गइन्, थाहा छैन किन सम्झनु नै भूल भए, गल्ती मेरो भयो माया लाउँला भन्दाभन्दै, आधा उमेर गयो दोबाटोमा कुर्दाकुर्दै परिगयो साँझ कस्तो दुख भोग्नुपर्यो, मैले पनि आज मनसँग मन साट्दा, चोट पाएँ मैले आँसुबाहेक केही छैन, साथी मेरो ऐले सबै छाडी मर्न पाए, बरु हुन्थ्यो आजै 'चञ्चल'को जिन्दगीमा दैव लाग्यो राजै आफनै सम्झी आउने थिएँ डाकेदेखि लिन तर उनले छाडी गइन्, थाहा छैन किन....................
|
|
कविता रीचा
पर्खाल र काडाँ वीच वीच कसरी रमाउँछ मान्छे खै मलाई त अचम्म लाग्छ -
तर नियती हो जीवन भोग्नुपर्छ र त भोगिन्छ बाटोमा असहय कष्टहरु छन् त्यो पनि सहनुपर्छ र सहिन्छ ।।
कति अनिश्चित गोरेटाहरु छन् । कति अनिभिज्ञ भविष्यहरु छन् जीवन बिताउनु पर्छ सुख र दुःख को संघारमा हाँसो र रोदनको छहारीमा ।।
यस्तै हो जीवन आफू आफैलाई बोझ हुनु मनहरु एकाएक चोइटिनु सपनाका महलहरु एकाएक ढल्नु आफनो अगाडि आफनो अस्तित्व ढलेको म वाध्यात्मक परिवेशमा हेरिरहेछु ।।।
( पाठकको यस
रचनाको हिज्जेसमेत जस्ताको तस्तै
राखिएको छ)
|
| गजल
डम्बर तुम्बापो "बुद्ध" |
| शान्तिको आशामा एक नेपाली चरी लेखक निलनकुमार थेच्वमि न बिहान भयो भनी चिरबिराएर बास्न सक्छु न त नाच्न नै सक्छु- हिजोअस्तिदेखि गुँडमा नै बसिरहेको छु तर ओथारो हैन केवल बाध्यतामा अल्झिएर जीवन र मृत्युसँग भोको पेटमा, छट्पटाएर बाँचिरहेको छु । हुन त मलाई भोक लाग्छ अति, पेट भर्न खोलानाला, वनपाखा पखेराहरूमा डुल्न मन लाग्छ । तर यो समाज, यो गाउँघर अनि यहाँको वातावरणले मलाई भोकै पेटमा छट्पटाएर गुँडमा बसिरहन बाध्य गराइरहेका छन् । थाहा छ मलाई यी अँध्यारा दिनहरू पछि फेरि-फेरि सुनौला तेजिला प्रकाश र न्यानो माया बोकी, नयाँ बिहानीको अवश्य आगमन हुन्छ भनी....। अनि यी भोका पेटहरू भोलि शान्तिको आगमनमा, वनपाखा पखेरीहरूमा डुलीडुली, नाच्दै, गाउँदै, भोजनहरू गर्न पाउने छ भनी ... तर मेरा यी त्रसित दिनहरूमा, म मेरा भोकाएका आत्माहरूलाई शान्तिको आसमा जीवन र मृत्युसँग साँची, देशमा उडाउनै लागेको नौलो शान्तिको आगमन देखाउन कठोर सङ्घर्ष गरेर भए पनि अझै जीवित राख्न चाहन्छु । तर सकिरहेको छैन। भोक र प्यासले शरीरका नसा नलीहरू सुकिसके । बोलीहरू ध्वनिविहीन र शक्तिविहीन भएर बसिसके । न कराउन सक्छु भोक, प्यास र शान्तिसुरक्षाको लागि! न सुन्ने नै छन् यहाँ गरिबहरूका आवाजहरू ! यी भोकाएका पेटहरू... अनि त्रसित आत्माहरूका आवाजको सट्टा, यहाँ केबल बम बारुदका ठड्कमान आवाजहरू बाहेक... कसैले केही सुनिरहेका छैनन् । यही ठड्कमान आवाज र बन्दुकको गोलीबाट बच्दै, निसासिँदै नौलो आगमनको बाटो हेर्दै गुँडमा नै कोच्चिएर बसिरहेको छु । न उडेर काठमाडौँ सहरमा डेरा सर्न सक्छु । किनकि, बस्न सक्दिनँ काठमाडौँ सहरको कोलाहलमा, दिनदिनैको हड्ताल, चक्काजाम, महँगी, आन्दोलन, जुलुस, अनसन अनि खानेपानीको अभाव र प्रदूषणले निसासिएर...! म चाहन्नँ यी प्रदूषणहरूबाट रोगी भई बेड, डाक्टर र औषधिबिनाका हस्पिटलहरूमा तड्पीतड्पी मर्न...। मन लाग्दैन मलाई काठमाडौँका अनसन र विरोध प्रदर्शनमा हराउन....। मन लाग्दैन मलाई ट्वाँ..ट्वाँ....र टूँ..टूँ..का कहालीलाग्दा गाडीका आवाजहरू पनि सुन्न....। लाग्छ, डेरा सरी अरूको ठाउँमा गएर मर्नुभन्दा बरु यही आफ्नै जंगलमा गाँस, वासको निमित्त सङ्घर्ष गरिकन छातिमा गोली थापि मर्नु बेस् । न ज्यान जोगाउँन, श्रम बेच्न खाडी नै छिर्न सक्छु!पाईलै पिच्छे दलाल र ठगीहरूले सरकारको लगाम बनी, मेरा गाउँका हजारौं नेपालीहरूलाई ठग्दै, झुठो आश्वासन देखाएर मृत्युको मुखमा धकेलिरहेका छन् । नत्र किन मारे/मरे होला दर्जनौ नेपाली सपूतहरू....-- किन रेटिए होला नेपाली आमाका सपुतहरू...-- किन अलपत्र परे होला विदेशी भूमिमा हजारौं नेपालीहरू सपूतहरू.....-- बरु मर्छु.. म यही आफ्नै देश र माटोमा मर्छु यहि रुखको टोड्कामा ....यहि गुँडमा भविश्यमा आउने शान्तिको आगमनको प्रतिक्षामा भोको पेट मिचि-मिचिकन, बम बारुदलाई कात्रो बनाई एकछाकको लागि सङ्घर्ष गर्दै.. रगतका नसाहरू सुकाई सुकाईकन मर्छु यो देशकै माटोमा यहि जंगलमा....। न छिर्न सक्छु छिमेकी राष्ट्र नै! यी त्रसीत, आतंकित आत्माहरूको साथमा शान्तिको प्यासमा भोको पेट बोकि किनकि, स्वाभिमानी देशको एक वीर चरी म....!! शान्ति ल्याउँने नाउँमा, आन्तरीक दन्द्व र राजनैतीक झगडा, हत्या, आतंकहरूले मेरा यी प्वाँखहरू धुजा-धुजा पार्दै काटिसकेको छ । अव त छिमेकि राष्ट्रहरूले पनि मलाई शान्ति हराएको देशको पन्छी भनी आतंककारीको विल्ला भिराईसके । मेरो उड्ने बाटोहरूमा षढयन्त्रकारी विस्तारवादका जालोहरू टाँगिसके । म हिड्ने वाटाहरूमा कैयौं सिपाही र ट्याङ्करहरू भिराईसके... । मेरा देशका छोराछोरीहरू छिमेकी कहाँ भोको पेट लिई सहयोगको लागि छिर्ला भनी, देशका सिमानाहरूमा बम, वारुद र गोलाहरू विछ्याईसके, ठाउँ-ठाउँमा छिमेकी चेकपोष्ट राख्ने भैसके । दुःख लाग्छ मलाई मेरो जन्मभूमि, मेरो मातृभूमि देखि... यहाँ अज्ञानता, असमझदार र मै हुँ भन्ने घमण्डले, अनि सम्पूर्ण देशवासीलाई आफ्नो अधिनमा राख्न, आफ्नै दाजुभाइहरू, आमाको मुटुमा गोली, बम-वारुद, वुँट, लाट्टीहरू बर्साई लडिरहेका छन् । न हेरेका छन् भाइबहिनीहरूको दूःख र पीडाहरू, न मलम लगाईदिएकाछन् पिल्सिएका घाऊहरूमा ....!! न हेरेका छन् नेपाली छोराछोरीहरू टुहुरो हुदै गईरहेको ...। न सुनेका छन् सरकार र क्रान्तिकारीले ...गरिब नेपालीहरूका आवश्यकता र चिच्याईरहेका त्रसित आत्माका पीडाहरू..... चिच्याहटहरू...। कोहि राज्यसत्ता र प्रतिगमन वचाउन जनतालाई टाउकोमा कुल्चेर झुठो आश्वासन बोकि शान्ति ल्याउँने आशा दिलाउँदै जुरमुर्राईरहेका छन् त कोहि हत्या हिंसालाई अंगालेर शान्तिको नौलो आगमनको निमित्त भौतारीरहेका छन् । त कोहि दिनदिनै जनतालाई दुःख दिदै हड्ताल, आन्दोलन, चक्काजाम, विरोध प्रदर्शनको नाउँमा गरिबहरूको दैनिक छाकहरू लुटिरहेका छन् । म के भन्ने- कसलाई भन्ने- र कसले सुन्ने- हतियारको यो समाजमा न शान्तिको नाउँमा बोल्न नै सक्छु....! बरु भोको पेटलाई मिच्दै, डर-त्रासकोे हावा खाँदै....मृत्युको सिरानी हाल्दै... आतंकको पोको, पेटमा कोच्याउँदै रोदनको झुठो हाँसो हाँस्नु मात्र सक्छु । केवल शान्तिको नौला आगमन देख्न..! आशा छ ममा..! आत्मविश्वास छ मलाई मेरा नेपालीहरू प्रति....!, त्यसैले वरु एक दुई छाक भोकै वस्छु! वीर गोर्रखालीहरूले आफ्नो माटोको लागि लड्दा नालापानी किल्लामा देखाए झै बरु एक दुई दिन प्यासै लड्छु जीवन र मृत्युसँग! शान्तिको आशमा, अमन चयनको प्यासमा, बरु गुँडमा नै कोचिएर वस्छु! सुनौलो विहानीको आशमा...! जान्न म छिमेककीको देशमा पनि...! जान्न म खाडीमा पेट पाल्न पनि....! जान्न म श्रम वेच्न, अलपत्र पर्न र रेटिन पनि....! प्रतिक्षाको यो घडीमा नौलो विहानी र अटल शान्तिको आगमनका लागि मृत्युका प्रतिविम्बहरूलाई साँचेर अझै केहि दिन प्रतिक्षामा रहन्छु मात्र भोको पेटमा त्रासत आहात सांची, फेरी शान्ति पाउने आशामा दिनहरू गन्दै...! जंगलमा वम वारुदका धुँवाहरू सुघ्दै, अझै पनि प्रतिक्षामा रहनेछु...!! मात्र शान्तिको नौलो विहानीमा चिरविराएर गाउँन....! उलास उमंङ्गमय वातावरणमा नाँच्न....रमाउँन.... म एक नेपाली चरी अझै .....पर्खिरहने .....छु....पर्खिरहने छु ....पर्खिरहने छु....। शान्ति छाओस् चाँडै हाम्रो नेपालमा .......।। ( पाठकको यस पत्रको हिज्जेसमेत जस्ताको तस्तै
राखिएको छ) |